२०८३ बैशाख २४ गते , विहीबार

दमकमा बस पल्टिदा एकजनाको मृत्यु, २१ जना घाइते

sajilo news
झापा
२०८२ कार्तिक १२ गते , बुधबार
दमकमा बस पल्टिदा एकजनाको मृत्यु, २१ जना घाइते

झापाको दमकमा यात्रुवाहक बस पल्टिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन् ।दमक नगरपालिका-७ मा हुर्रा नाच देखाएर मोरङको मिक्लाजुङतर्फ फर्किँदै गरेको बा २ ख १९८३ नम्बरको बस गएराति ११ः५५ बजे दुर्घटनामा परेको थियो । 

दमक –२ पाङ्गिनी चोकस्थित भित्री सडक खण्डमा दमकबाट मोरङको टाँडीतर्फ जाँदै बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बसमा अन्दाजी ३५ जना सवारमध्ये एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोरङ मिक्लाजुङ ३ बस्ने ३६ वर्षीय भीमबहादुर मगर रहेका छन् । उनको उपचारको क्रममा राति १२ः२८ बजे मृत्यु भएको हो । मृतकको शव आम्दा अस्पताल खरखरेमा रहेको छ । 

घाइते २१ जनामध्ये २० जना आज बिहान ६ः३० बजे डिस्चार्ज भएको र एक जना घाइते सपना श्रेष्ठको उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक मिक्लाजुङ ३ बस्ने वर्ष ३९ का भक्तबहादुर दर्जीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार