२०८३ बैशाख २४ गते , विहीबार

झापाको माइधारमा बस पल्टिँदा १९ जना घाइते

sajilo news
झापा
२०८२ कार्तिक ११ गते , मंगलबार
झापाको माइधारमा बस पल्टिँदा १९ जना घाइते

झापाको माइधारमा बस पल्टिँदा १९ जना घाइते भएका छन् । आज बिहान ४ बजे शिवसताक्षी– १० माईधार चौकस्थित पूर्व–पश्चिम राजमार्गमा रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ आउँदै गरेको प्र.१–०१–००१ क ४२०९ नं.को रात्रि बस अनियन्त्रित भई सडकबाट अन्दाजी १० मिटर तल बायाँतर्फ पल्टिएको हो । बसमा सवार २५ जनामध्ये १९ जना घाइते भएका हुन् । घाइतेहरूलाई उपचारको लागि बिर्ता सिटी अस्पताल बिर्तामोड ल्याइएको छ भने सकुशल रहेका बाँकी ६ जना आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ ।

घाइते हुनेहरूको नामावली यस प्रकार रहेको छ ।

१. बस चालक झापा मेचीनगर न.पा.६ बस्ने वर्ष–३९ का राजु भुजेल टाउकोमा चोट अवस्था मध्यम।
२.रामेछाप मन्थली न.पा. १० बस्ने वर्ष– ६५ का अम्बरबहादुर बुढाथोकी घाँटी र ढाडमा चोट अवस्था मध्यम
३. झापा गा.पा.३ बस्ने वर्ष १७ की इच्छा लिम्बू निधार हात र खट्टामा चोट अवस्था मध्यम ।
४.रामेछाप मन्थली न.पा.९ बस्ने वर्ष ३५ का भीमप्रसाद पुरी बायाँ करङमा चोट अवस्था मध्यम
५. झापा कचनकवल गा.पा.४ बस्ने वर्ष २० का रबीलाल गणेश टाउकोमा चोट अवस्था मध्यम
६.रामेछाप ठाँडादेवी गा.पा. ३ बस्ने वर्ष ६५ की मिटु खत्री ढाडमा चोट अवस्था मध्यम ।
७. झापा कचनकवल गा.पा. ४ बस्ने वर्ष २१की परिना गणेश टाउको र ढाडमा चोट अवस्था मध्यम
८.झापा बिर्तामोड न.पा.१० बस्ने वर्ष ३६ की सुमित्रा खड्का कार्की हात र खुट्टामा चोट सामान्य
९.उनका छोरा वर्ष ९ का एलोन कार्की टाउको र छातीमा चोट अवस्था मध्यम।
१०. दोलखा बैनेश्वर न.पा.३ बस्ने वर्ष ३० का प्रदीपबहादुर बस्नेत टाउकोमा चोट अवस्था मध्यम
११. रामेछाप देउराली बस्ने रामु श्रेष्ठका छोरा वर्ष– ८ अनु श्रेष्ठ टाउकोमा चोट अवस्था सामान्य
१२. दोलखा तामाकोसी गापा – ३ बस्ने वर्ष– २८ का कुमार बस्याल छातीमा चोट अवस्था सामान्य
१३. झापा कचनकवल गापा –६ बस्ने वर्ष– २७ की भिमा राजवंशी छाती र कुममा चोट अवस्था मध्यम
१४. झापा बिर्तामोड नपा ५ बस्ने वर्ष ३५ का रामकुमार श्रेष्ठ छाती र तिघ्रामा चोट अवस्था सामान्य
१५. उनका छोरा वर्ष– ९ का रिदम श्रेष्ठ हात र खुट्टामा चोट अवस्था सामान्य ।
१६. झापा बिर्तामोड नपा –५ बस्ने वर्ष– २३ का पूर्णबहादुर नेपाली टाउको र कुममा चोट अवस्था सामान्य
१७. ऐ.ऐ. बस्ने वर्ष– १८ शीतल नेपाली बायाँ आँखाको डिलमा चोट अवस्था सामान्य
१८. झापा बाह्रदशी गापा –५ बस्ने वर्ष– २१ का अभिषेक राजवंशी नाकमा चोट अवस्था सामान्य
१९. झापा गापा २ बस्ने वर्ष– १८ का श्यामलाल किस्कु टाउकोमा चोट सामान्य ।

सम्बन्धित समाचार