२०८३ बैशाख २४ गते , विहीबार

सूर्योदय नगरपालिकाकी कार्यालय सहयोगी रूपाको दुर्घटनामा परी मृत्यु

sajilo news
इलाम
२०८२ कार्तिक १० गते , सोमबार
सूर्योदय नगरपालिकाकी कार्यालय सहयोगी रूपाको दुर्घटनामा परी मृत्यु

दुई दिनअघि सवारी दुर्घटनामा घाइते भएकी इलाम सूर्योदय नगरपालिकाकी कार्यालय सहयोगी रूपा राईको उपचारको क्रममा मृत्यु भएको छ। शनिबार साँझ ५.३० बजे सूर्योदय नगरपालिका–१०, आहालेमा अटो र पिकअप ठोक्किँदा उनी गम्भीर घाइते भएकी थिइन् । आहालेस्थित भित्री सडक खण्डमा फिक्कलबाट आहालेतर्फ जाँदै गरेको प्रदेश १ –००१ ह ८१९७ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको मे १ ज १७९० नम्बरको पिकअप एकापसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

अटोमा सवार सूर्योदय– १० आहाले बस्ने ३६ वर्षीया रुपा राईको टाउकोमा चोट लागेको थियो । घाइते राईलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको थियो । त्यहाँबाट उनलाई न्युरो अस्पताल विराटनगर लगिएको थियो । आज बिहान ७ः२५ बजे घाइतेलाई फिक्कल अस्पताल फिक्कलमा ल्याई चेकजाँच गर्दा अस्पतालका डाक्टरले मृत घोषणा गरेका छन् ।

मृतकको शवको पोस्टमार्टम गरिएको र पिकअप चालक सोही ठाउँ बस्ने ४० वर्षीय तारा बुढाथोकीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार