२०८३ बैशाख २४ गते , विहीबार
आज मेची नदीमा गंगा आरती हुने
भद्रपुर । छठ पर्वको अवसरमा भद्रपुर–५ देवीवस्तीस्थित मेची नदी किनारमा यस पटक पनि गंगा आरती हुने भएको छ । आज बेलुका साढे ४ बजेदेखि हुने गंगा आरतीको सम्पूर्ण तयारी पूरा भइसकेको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले जानकारी दिएका छन्। भद्रपुर नगरपालिका–५ नम्बर वडा कार्यालय, युनिक समूह र मैथिल समाजको संयुक्त आयोजनामा बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिएपश्चात् भजन सन्ध्यासहित गंगा आरती हुने वडाध्यक्ष बन्धु कार्कीले जानकारी दिए। अघिल्लो वर्षदेखि छठ पूजामा गंगा आरतीको सुरुवात गरिएको उनले बताए।