२०८३ बैशाख २४ गते , विहीबार

दमकमा मोटरसाइकल दुर्घटना, घाइते चालकको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक १० गते , सोमबार
दमकमा मोटरसाइकल दुर्घटना, घाइते चालकको मृत्यु

झापाको दमकमा भएको मोटरसाइकल दुर्घटनाका घाइते चालकको मृत्यु भएको छ । कात्तिक ५ गते बिहानको राति २ः४५ बजे दमक –४ वन्डरल्याण्ड होटलअगाडी पूर्वपश्चिम लोकमार्गमा उर्लाबारीबाट दमकतर्फ आउँदै मे ९ प ३०७९ नम्बरको पल्सर मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक पाँचथर कुम्मायक –२ स्थायी ठेगाना भई हाल मोरङ उर्लाबारी –५ बस्ने ३१ वर्षीय भेषराज बि.क. र सोही मोटरसाइकलमा पछाडि सवार दमक –४ बस्ने ३६ वर्षीय जीवनकुमार बि.क. घाइते भएका थिए ।

दुवै घाइतेलाई अरनिको अस्पताल उर्लाबारीमा लगी सामान्य उपचारपश्चात् चालक भेषराजलाई थप उपचारको लागि न्युरो अस्पताल विराटनगरमा लगिएको थियो । उनको उपचारको क्रममा हिजो दिउँसो १२.५२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार