२०८३ बैशाख २४ गते , विहीबार
सडकमा खेल्दै गर्दा मेचीनगरका १२ वर्षीय आरापलाई हात्तीले आक्रमण गरेपछि...
झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक बालक घाइते भएका छन् । आज बिहान ९ बजे मेचीनगर-२ सरस्वती चोक बस्ने कुमार बास्तोलाका छोरा वर्ष १२ का आराप बास्तोलालाई घरनजिकै सडकमा खेल्दै गरेको अवस्थामा एउटा जंगली हात्ती आई आक्रमण गरेको हो । घाँटी तथा शरीरमा चोट लागेर घाइते भएका बालकको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । उनको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ ।
प्रहरी चौकी बाहुनडाँगीबाट प्रहरी नायव निरीक्षक दुर्गाबहादुर बस्नेतको कमान्डमा ४ जनाको टोली खटिएर सो हात्तीलाई धपाइएको थियो ।