२०८२ मंसीर १२ गते , शुक्रबार

भद्रपुरको काली पूजामा निःशुल्क आँखा शिविर, २८२ जनाले लिए सेवा

sajilo news
झापा
२०८२ कार्तिक ७ गते , शुक्रबार
भद्रपुरको काली पूजामा निःशुल्क आँखा शिविर, २८२ जनाले लिए सेवा

भद्रपुर । झापाको भद्रपुरमा वृहत् निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । क्लब बांग्ला भद्रपुरद्वारा आयोजित ९ औं श्री सार्वजनिक काली पूजा स्थलमा शुक्रबार भएको निःशुल्क आँखा शिविरमा २८२ जनाले सेवा लिएका थिए । 

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा गरिएको शिविरमा २८ जना मोतीबिन्दु देखिएको थियो । 

मोतीबिन्दु देखिएका बिरामीहरूको निःशुल्क उपचार मेची आँखा उपचार केन्द्र भद्रपुरमा गरिsदिने अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले जानकारी दिए । 

शिविरमा अस्पतालका नेत्र अधिकृत तथा ओपिडी इन्चार्ज सन्तोष कर्ण, नेत्र सहायक चन्द्रराज साह, नेत्र सहायक दुर्गा राजवंशी लगायतले बिरामीहरूको आँखा जाँच गर्दै निःशुल्क औषधि समेत वितरण गरेका थिए । 

क्लबले धार्मिकसँगै सामाजिक कार्यलाई मध्यनजर गरी आँखा शिविर सञ्चालन गरेको पूजा समितिका संयोजक विजय साहाले जानकारी दिए । 

त्यस्तै भारतीय कलाकारहरूको सहभागितामा आजै साङ्गीतिक साँझ कार्यक्रमको पनि आयोजना गरिएको उनको भनाई छ । यस वर्ष क्लबले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको तस्बिरहरू राखेर काली पूजाको आकर्षित पण्डाल बनाएको समितिका निर्मल घोषले जानकारी दिए । 

 

सम्बन्धित समाचार