२०८३ बैशाख २४ गते , विहीबार

इलाममा देउसी खेल्दाखेल्दै लडेर एकजनाको मृत्यु

sajilo news
इलाम
२०८२ कार्तिक ७ गते , शुक्रबार
इलाममा देउसी खेल्दाखेल्दै लडेर एकजनाको मृत्यु

इलाममा देउसी खेल्दाखेल्दै लडेर एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो ४.३० बजे इलाम नगरपालिका– ९ भगवती टोल बस्ने ५३ वर्षीय चन्दबहादुर बिष्ट सोही ठाउँ बस्ने शेरबहादुर लावतीको घरमा साथीहरूसँग देउसी खेल्न गएका थिए । देउसी खेल्ने क्रममा उनी एक्कासि लडेका थिए । घाइते विष्टलाई आफन्तले उठाई जिल्ला अस्पताल इलाम पुर्‍याएकोमा साँझ ७ः२१ बजे डाक्टरले मृत घोषणा गरेका छन् । मृतकको शव सोही अस्पतालमा रहेको छ ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी गोलाखर्कबाट प्रहरी वरिष्ठ हवल्दार शम्भु राजवंशीको कमान्डमा प्रहरी टोली घटनास्थल गएको थियो । अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि प्रहरी निरीक्षक रमेश राईको कमान्डमा ५ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार