२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक ४ गते , मंगलबार
बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते साइकल यात्रीको मृत्यु

बिर्तामोडमा मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकल यात्रीको मृत्यु भएको छ ।  करिब एक महिनाअघि घाइते भई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार गराई तीन दिनअघि घर लगिएका साइकल यात्री झापा गाउँपालिका-२ बस्ने ५० वर्षीय पिन्टु राजवंशीको आज बिहानको राति २ः१० बजे मृत्यु भएको हो ।

गत असोज ५गते बिहान ८ः५० बजे बिर्तामोड-२ भाटभटेनी सुपर मार्केटस्थित पूर्वपश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको अर्जुनधारा ५ बस्ने १७ वर्षीय अनुज राजवंशीले चलाएको प्र १–०१–१७ प २५८ न.को मोटरसाइकलले साइकल यात्री पिन्टु राजवंशीलाई ठक्कर दिएको थियो । शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका पिन्टुलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएको थियो ।

मोटरसाइकल चालक अनुज राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । प्रादेशिक अस्पताल भद्रपुरमा पोस्टमार्टमपश्चात् मृतकका आफन्तले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जना

सम्बन्धित समाचार