२०८३ बैशाख २४ गते , विहीबार
झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु
झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका-१४ दुवागढी निवासी ४० वर्षीय वीरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार कार्तिक १ गते दिउँसो ४ बजेको समयमा भुजेल आफ्नै एक तले घरको छत लडेर घाइते भएका थिए । घाइते उनलाई उपचारका लागि बीएण्डसी अस्पताल ।बिर्तामोड लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । उनको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको प्रहरीले जनाएको छ ।