२०८३ बैशाख २४ गते , विहीबार

मेचीनगरमा हात्तीको आक्रमणबाट वृद्धा घाइते

sajilo news
झापा
२०८२ कार्तिक ४ गते , मंगलबार
मेचीनगरमा हात्तीको आक्रमणबाट वृद्धा घाइते

जङ्गली हात्तीको आक्रमणबाट मेचीनगरमा एक वृद्धा सख्त घाइते भएकी छन् । आज बिहान ५ बजे मेचीनगर-६ फाईरिङ चोक बस्ने ७४ वर्षीया उसिला राईलाई आफनै घर अगाडि फूल टिप्ने क्रममा एकल जङ्गली हात्तीले आक्रमण गरेको हो । घाइतेलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् थप उपचारको लागि लाइफ लाइन अस्पताल दमक रिफर गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार