२०८३ बैशाख २४ गते , विहीबार

स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

sajilo news
झापा
२०८२ कार्तिक ४ गते , मंगलबार
स्कुटर दुर्घटना हुँदा दुईजनाको मृत्यु

चितवनको भरतपुर महानगरपालिका-१० स्थित एयरपोर्ट नजिकै सोमबार राति भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार राति  २ बजे बा.प्र.०६-००३ प ०६९२ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको हो ।

दुर्घटनामा परी  स्कुटर चालक  भरतपुर- २१ बस्ने वर्ष २५ को सन्दीप घिमिरे र स्कुटर पछाडी सवार वर्ष २८ को कुशल अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि गम्भीर घाइते भएका दुवैको भरतपुर अस्पतालमा  उपचारका क्रममा राति नै निधन भएको हो। उनीहरू दुवैजनाको टाउकोमा गम्भीर चोट थियो।

सम्बन्धित समाचार