२०८३ बैशाख २४ गते , विहीबार
कचनकवलमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
झापाको कचनकवलमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल गाउँपालिका-२ का ४९ वर्षीय लोकबहादुर गाइने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १ बजेको समयमा अमलखुट्टा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा गाइनेलाई करेन्ट लाग्दा मृत्यु भएको थियो । घटना पश्चात् जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगी कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ ।