२०८३ बैशाख २४ गते , विहीबार

सप्तरीमा गोली प्रहार गरी पुजारीको हत्या

sajilo news
झापा
२०८२ कार्तिक २ गते , आईतबार
सप्तरीमा गोली प्रहार गरी पुजारीको हत्या

सप्तरीमा अज्ञात व्यक्तिले गोली प्रहार गरी मन्दिरका पुजारीको हत्या गरेका छन्। शनिबार राति बोदेबर्साइन नगरपालिका- ८ रजकपट्टी कबिर बाबा मन्दिरको पुजारी ७० वर्षीय रामदुलार साहको गोली प्रहार गरी हत्या भएको हो।

आफ्नो कुटीमा एक्लै बस्ने पुजारी साहलाई राति करिब सवा २ बजे अज्ञात व्यक्तिले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिए।

उनलाई ढाडमा गोली हानिएको र घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमा दुई थान खोका फेला परेको छ।  गोली हान्ने व्यक्ति तत्काल फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

सम्बन्धित समाचार