२०८३ बैशाख २४ गते , विहीबार

बिर्तामोड नगरपालिकाले निकाल्यो १८ जना करारका कर्मचारी

sajilo news
झापा
२०८२ आश्विन ३१ गते , शुक्रबार
बिर्तामोड नगरपालिकाले निकाल्यो १८ जना करारका कर्मचारी

बिर्तामोड नगरपालिकाले १८ जना करारका कर्मचारीलाई सेवाबाट हटाएको छ । भोलि कात्तिक १ गतेदेखि लागु हुने गरी ती करारका कर्मचारीलाई कामबाट हटाइएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईँका स्वकीय सचिव , कानुनी सल्लाहकार , उजुरी प्रशासक , दुईजना कम्प्युटर अपरेटर , एकजना अमिन , एकजना ना.प्रा. स., दुईजना प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका कर्मचारी र ६ जना सुरक्षा गार्डलाई कामबाट हटाएको नगरपालिका कार्यालयले जनाएको छ । उनीहरूलाई भोलिदेखि काममा नआउन भनिएको छ ।

अन्तरिम सरकारले दरबन्दीभन्दा बढी कर्मचारी करारमा नराख्न निर्देशन दिएपछि विभिन्न पालिकाहरूले त्यसलाई कार्यान्वयन गर्दै करारका कर्मचारीहरूलाई निकाल्न थालेका छन् ।

सम्बन्धित समाचार