२०८३ बैशाख २४ गते , विहीबार

अर्जुनधारामा सुतिरहेका बालकलाई सर्पले डस्दा मृत्यु

sajilo news
झापा
२०८२ आश्विन ३१ गते , शुक्रबार
अर्जुनधारामा सुतिरहेका बालकलाई सर्पले डस्दा मृत्यु

झापामा बिषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ११ स्थित चाम्लिङडाँडा बस्ने इन्द्रबहादुर राईका १० वर्षीय छोरा अनिश राई रहेको प्रहरीले जनाएको छ ।

गएराति आफ्नै घरमा सुतिरहेको अवस्थामा बालकलाई विषालु सर्पले डसेको थियो । उनका बुबाले उपचारको चारआली सर्पदंश केन्द्र ल्याई उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याएलगतै चिकित्सकले चेकजाँच गर्दा बालकको मृत्यु भइसकेको थियो । 

सम्बन्धित समाचार