२०८३ बैशाख २४ गते , विहीबार

माछा मार्ने क्रममा करेन्ट लागेर मेचीनगरका लिम्बूको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन ३१ गते , शुक्रबार
माछा मार्ने क्रममा करेन्ट लागेर मेचीनगरका लिम्बूको मृत्यु

करेन्ट लगाएर माछा मार्ने क्रममा मेचीनगरका सन्तोष लिम्बूको मृत्यु भएको छ ।  बिहीबार दिउँसो साढे २ बजे मेचीनगर नगरपालिका–१५ निलकोठी बस्ने ४२ वर्षीय लिम्बूले घरनजिकै रहेको टिमाई नहर (कुलो)मा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको थियो । बेहोस भएका लिम्बूलाई उपचारको लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएकोमा अस्पताल पुग्नसाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार