२०८३ बैशाख २४ गते , विहीबार
झापामा माछा मार्न क्रममा डुबेर तीन बालिकाको मृत्यु
झापामा माछा मार्न क्रममा तीन बालिकाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरादह नगरपालिका-९ खजुरबारी बस्ने अन्जु मगरकी छोरीहरू ९ वर्षीया स्वीकृति मगर र ७ वर्षीया सुस्मा मगर र सोही ठाउँकी निर्मला परियारकी ११ वर्षीया छोरी रोशनी परियार रहेका छन् । एकै गाउँका तीन बालिकाको मृत्युले गाउँ नै शोकमा डुबेको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार ती बालिकाहरू कृष्ण खोलामा जमेको पानीमा माछा मार्न गएका थिए । बालिकाहरू डुबेको स्थानीय युनिसा राईले देखेर तत्काल उनीहरूको अभिभावकहरूलाई खबर गरेका थिए ।
बालिकाहरूको मृत्यु भइसकेको जानकारी पाउन साथ अस्थायी प्रहरी चौकी बैगुनधुरा र इलाका प्रहरी कार्यालय झिलझिलेको टोली घटनास्थल पुगेका थिए । शवको कानुनी प्रक्रिया पूरा घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिए ।