२०८३ बैशाख २४ गते , विहीबार

दुई हजार ४५१ सैन्य दीक्षित

sajilo news
रासस
२०८२ आश्विन २७ गते , सोमबार
दुई हजार ४५१ सैन्य दीक्षित

काठमाडौँ । नेपाली सेनाका विभिन्न तालिम केन्द्र तथा युनिटमा सञ्चालित सैन्य आधार तालिम आज समापन गरिएको छ । तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रमहरूमा सैन्य जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सेनाका तालिम केन्द्रसहित विभिन्न १९ स्थानमा सञ्चालित नौ महिना अवधिको सैन्य आधार तालिम दुई हजार १०२ जना पुरुष र ३४९ जना महिला पूरा गरी दीक्षित भएका हुन् ।

तालिम समापनका अवसरमा त्रिशूलीस्थित श्री नं १ सैन्य तालिम केन्द्रमा तालिम महानिर्देशक ध्रुवप्रकाश शाहलगायतका सैनिक अधिकृतले  कवाज निरीक्षण गरी उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार प्रदान गरे । 

सम्बन्धित समाचार