२०८३ बैशाख २४ गते , विहीबार
झापाका बाढी प्रभावित क्षेत्रमा पुगे भौतिक पूर्वाधार कुलमान घिसिङ
भौतिक पूर्वाधार तथा यातायात, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्री कुलमान घिसिङले बाढी प्रभावित झापा गाउँपालिकाको निरीक्षण गरेका छन् ।
असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण आएको बाढीले भत्काएको झापा गाउँपालिका –२ स्थित हुलाकी राजमार्गअन्तर्गतको सानो माई खोलाको पुल र १२/१३ वर्षदेखि बन्दै अलपत्र परेको निर्माणाधीन कनकाई नदीको पुलको उनले निरीक्षण गरेका हुन् । मन्त्री घिसिङसँगै गृह सचिव रामेश्वर दंगाल, इन्जिनियर दिनेशप्रसाद भट्ट लगायत ८ सदस्यीय टोली रहेको थियो ।
मन्त्री घिसिङले भत्केको पुल पुनर्निर्माण वा नयाँ बनाउनु पर्ने बताए । उनले कनकाई नदीको निर्माणाधीन पुलको निर्माणको विषयमा चाँडै निर्णय लिने जानकारी दिए । उनी आज काठमाण्डौं फर्किएका छन् । हिजो चन्द्रगढी विमानस्थलमा अवतरण गरी उनी पहिरो प्रभावित इलाम गएका थिए ।