इराकमा अवैध नेपालीलाई आममाफी दिन माग
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) इराकले घर फर्कन चाहने अवैध नेपालीहरुलाई आममाफी दिन माग गरेको छ। इराक हेर्ने समेत जिम्मेवारी पाएका कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालसँग इराकको बग्दादस्थित कोरल होटलको हलमा नेपाली श्रमिकहरु बीच भएको अन्तरक्रिया अवैध नेपालीलाई आममाफी दिन माग गरिएको हो।
उक्त अन्तरक्रिया कार्यक्रममा एनआरएनए इराकका अध्यक्ष बिनोद श्रेष्ठले अबैधानिक रुपमा भए पनि नेपाली श्रमिक निरन्तर रुपमा ठूलो संख्यामा इराक प्रवेश गरिरहँदा भिजिट भिसामा प्रवेस गर्ने हुँदा विभिन्न समस्या झेल्न परिरहेको भन्दै कुटनैतिक तवरबाट पहल गरी कामदार भिषा नै दिने वातारण बनाउन राजदूत लम्सालसँग आग्रह गरेका छन्।
अध्यक्ष श्रेष्ठले इराकभर रहेर नेपाल फर्कन चाहने इलिगल बसेका आम नेपालीलाई एक पटक आम माफी समय सिमा राखेर सिमित फाइन तिरी नेपाल फर्कनको निमित्त इराक सरकारसँग कुटनैतिक पहल गर्न आग्रह गर्दै शव ब्यबस्थापनमा अत्यन्तै ढिला सुस्ती विशेष गरी बग्दादमा यथावत रहेको हुँदा ढिला हुनको कारण र ध्यानाकर्षण गराउदै कुनै दुर्घटनाबाट भएको असामायिक घटनामा क्षेतिपुर्ती पारदर्शिता गराउन गरेका छन्।
यस्तै,इराकमा कार्यरत श्रमिकहरुलाई नेपाल गएर फर्कनको लागि समस्या हुँदा इराकी वा कुर्दिस्तानका नवीकरण हुने अकामा देखाएर सिधै यात्रा गर्ने माध्यम बनाउनको लागि नेपाल सरकार संग आवस्यक छलफल गर्न र कुटनैतिक माध्यमबाट पहल गरी खुल्ला गरिदिन आग्रह गरिएको एनआरएनएले जनाएको छ। ताकी बिना एयरपोर्ट सेटिङ आउन पाइयोस् अन्यथा पुर्ण रुपमा इराक आउन बन्द गरियोस भन्ने माग राखिएको छ।
कुर्दिस्तानको अर्बिल र सुलेमानी , बग्दाद र किर्कुकमा गरि ८ नेपाली दाजुभाइ दिदिबहिनी विभिन्न केसमा हाल जेलमा रहेको जानकारी र आर्थिक अभावको कारण स्वदेश फर्काउन समस्या भएको समेत राजदूत लम्साललाई जानकारी गराईएको एनआरएनएले जनाएको छ। यो खबर राजधानी दैनिकमा छ ।