२०८३ बैशाख २४ गते , विहीबार
मोटरसाइकल दुर्घटनामा परी झापाका पौडेलको मृत्यु
कपिलवस्तुको तौलिहवामा दुर्घटनामा परी झापा बुद्धशान्तिका एक युवकको मृत्यु भएको छ । तौलिहवा– गोरुसिंगे सडक खण्ड अन्तर्गत बुद्धभूमि नगरपालिका–२ गोरुसिंगे चोकमा भएको मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक झापा बुद्धशान्ति गाउँपालिकाका २७ वर्षीय लोचन पौडेलको मृत्यु भएको हो ।
उनी चढेको प्र १–०१–०१४ प १८६४ नम्बरको मोटरसाइकल ईभीमा ठोक्किएर फेरि स्कोरपियोमा ठोक्किएको प्रहरीले जनाएको छ । पौडेल हिमाल आरोहण गर्न भनेर चार जनाको टोलीसहित गएको बताइएको छ ।