२०८३ बैशाख २४ गते , विहीबार

झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुर्घटना : एक महिलाको मृत्यु, दुई घाइते

sajilo news
झापा
२०८२ आश्विन २४ गते , शुक्रबार
झापामा स्कुटर र मोटरसाइकल ठोक्किँदा दुर्घटना : एक महिलाको मृत्यु, दुई घाइते

झापाको शिवसताक्षीमा स्कुटर र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन् । शिवसताक्षी नगरपालिका– १ मन्दिर टोलस्थित भित्री पक्की सडक खण्डमा आज दिउँसो १ बजे पाराबारीबाट धरमपुर चौकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९३५८ नम्बरको स्कुटर र विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–०४३ प ९४७५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी स्कुटर चालक बिर्तामोड नगरपालिका–५ निवासी २५ वर्षीय निरूता भट्टराईको मृत्यु भएको छ । घाइते स्कुटर चालक  भट्टराईलाई बीएण्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए ।

घाइतेहरू स्कुटरको पछाडि सवार सिन्धुपाल्चोक चिम्लिङबेसी –४ निवासी ३४ वर्षीय सिताराम पराजुली र मोटरसाइकल चालक मोरङ उर्लाबारी–१ निवासी ३१ वर्षीय सुरज कार्कीको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सम्बन्धित समाचार