२०८३ बैशाख २४ गते , विहीबार
१३ वर्षीया बालिकालाई गर्भवती बनाउने गौरादहका युवक पक्राउ
१३ वर्षीया बालिकालाई गर्भवती बनाएको आरोपमा गौरादहका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका-५ कटकपुर बस्ने १८ वर्षीय राघब धमला रहेका छन् । उनले गत चैत २५ गते राति अन्दाजी ११ बजे आफ्नै घर नजिकमा रहेको बाँसघारीमा लगी डर त्रास देखाई नाबालिकालाई जबरजस्ती करणी गरेका थिए । ती बालिका गर्भवती रहेकी छन् ।
पीडितकी आमाले इलाका प्रहरी कार्यालय झिलझिलेमा जाहेरी दिएपछि धमलालाई हिजो साँझ घरबाटै पक्राउ गरिएको हो । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।