२०८३ बैशाख २४ गते , विहीबार
बाढीले झापा गाउँपालिकामा ३४३२ परिवार प्रभावित, एक हजार परिवारले पाए राहत सामग्री
झापा गाउँपालिकामा ३४३२ परिवार बाढीबाट प्रभावित भएको तथ्याङ्क निकालिएको छ । वडा नं १ का ९९२ , २ का १३४१ , ३ का ६६५ , ५ का ११० , ६ का ७० र वडा नं ७ का २५४ गरी जम्मा ३ हजार ४३२ परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
हिजो र आज गरी झापा गाउँपालिकाका १ हजार २ परिवारलाई राहत वितरण गरिएको छ । आज दोस्रो दिन जम्मा ३६९ घरपरिवारलाई राहत वितरण गरिएको थियो । आज झापा गाउँपालिका -२ सडकबारीका २६८,टप्पुका १९, जिम्दारवारीका १५,सिर्जना बस्तीका ६७ परिवारलाई राहत वितरण गरिएको हो । हिजो ६३३ परिवारलाई वितरण गरिएको थियो ।
आज गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको स्थलगत अध्ययनपछि भोलि झापा गाउँपालिकासहित ती पालिकाहरूमा पनि राहत वितरण गरिने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएका छन् ।