२०८३ बैशाख २४ गते , विहीबार

बाढीपहिरोमा परी इलाममा मृतकको संख्या ३९ पुग्यो

sajilo news
इलाम
२०८२ आश्विन २१ गते , मंगलबार
बाढीपहिरोमा परी इलाममा मृतकको संख्या ३९ पुग्यो

इलाममा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ। आज सन्दकपुर गाउँपालिका–५ जमुनाका २४ वर्षीय प्रवेश गुरुङको शव फेला परेसँगै मृतकको संख्या ३९ पुगेको हो।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार गुरुङ गत १८ गतेबाट बेपत्ता भएका थिए। खोलाले बगाएको अवस्थामा करिब ४ सय मिटर तल उनको शव फेला परेको छ।

इलाममा असोज १८ गते ३७ जनाको शव फेला परेको थियो। असोज २० गते इलाममा थप एकजनाको शव फेला परेको थियो। इलाममा हालसम्म १८ पुरुष र १ महिलाको शव फेला परेको छ।

इलाम नगरपालिका–६ का महेन्द्र लिम्बू अझै बेपत्ता छन्। २६ जना घाइते भएका मध्ये १७ जना डिस्चार्ज भएका छन्। उपचाररत ९ जनामध्ये ५ जना झापाको बी एन्ड सी अस्पताल, ३ जना विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र १ जना इलाम अस्पतालमा छन्।

सम्बन्धित समाचार