२०८२ आश्विन २१ गते , मंगलबार

बिर्तामाेडमा बस दुर्घटना : मृतककाे संख्या तीन पुग्याे

sajilo news
झापा
२०८२ आश्विन २० गते , सोमबार
बिर्तामाेडमा बस दुर्घटना : मृतककाे संख्या तीन पुग्याे

चार दिनअघि बिर्तामोड– ६ बुट्टावारीमा भएको बस दुर्घटनाका थप एकजना घाइतेको मृत्यु भएको छ ।

योसंगै मृत्यु हुनेको संख्या तीन पुगेको छ । बस चालक मोरङ बिराटनगर महानगरपालिका वडा नं–२ बस्ने बर्ष–४५ का मुकुन्द बि.क.को बीएण्डसी अस्पतालमा उपचार भइरहेकोमा आज दिउँसो १ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

असोज १६ गते बिहान ९ः३० बजे बिर्तामोड –६ गिरीबन्धु टि–इस्टेट अगाडी पूर्वपश्चिम राजमार्गमा बिराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४५९(सगरमाथा यातायात) यात्रुबाहक बस आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

सम्बन्धित समाचार