२०८२ आश्विन २० गते , सोमबार
राजस्थानको अस्पतालमा आगलागी, आठजनाको मृत्यु

भारतको राजस्थान राज्यको राजधानी जयपुरस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ। सवाई मान सिंह अस्पतालको आईसीयूमा राति अबेर आगलागी भएको हो ।
अधिकारीहरूका अनुसार आगलागीमा परी कैयौँ बिरामी र उनीहरुका आफन्त घाइते भएका छन् । मृतकमा दुई महिला छन् । पीडितहरुले अस्पतालमा आगलागी हुँदा आगो नियन्त्रणमा लिने कुनै पनि उपकरण नपाएको आरोप लगाएका छन् । पीडितहरूले अस्पतालमा आगलागी शुरु भएपछि डाक्टरसहित अरु कर्मचारी बिरामीलाई अलपत्र पारेर भागेको आरोप लगाएका छन्।
यसैबीच दार्जिलिङमा बाढी पहिरोबाट कम्तीमा १८ जनाको ज्यान गएको छ। नेपालबाट पूर्वतर्फ सरेको वर्षाले यस क्षेमा भीषण बाढी पहिरो निम्त्याएको हो । भारी वर्षापछि ठाउँठाउँमा पहिरो जाँदा पहाडी क्षेत्रमा हजारौँ पर्यटक अलपत्र परेका छन् ।