२०८२ कार्तिक २५ गते , मंगलबार

सेनाको हेलिकप्टरले गर्‍यो झापा गाउँपालिकाका बाढीपीडितको उद्धार

sajilo news
झापा
२०८२ आश्विन १९ गते , आईतबार
सेनाको हेलिकप्टरले गर्‍यो झापा गाउँपालिकाका बाढीपीडितको उद्धार

झापा गाउँपालिकाका बाढीपीडितहरुलाई सेनाको हेलिकप्टर मगाएर उद्धार गरिएको छ । झापा-२ मिलन बस्तीका बाढीपीडितहरूलाई सेनाको हेलिकप्टर र डुंगाद्वारा उद्धार गरी सुरक्षित स्थानमा लगिएको हो । मिलन बस्तीका १६ जना बालबालिकालाई हेलिकप्टरद्वारा र ३० जनालाई डुंगाद्वारा उद्धार गरी रेडक्रस भवनमा लगेर राखिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए । उद्धारको लागि श्री नं.२१ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी मनिकुमार श्रेष्ठ, पाइलट में. से. प्रशान्त पाण्डेसहित १/५ नफ्रिमा नेपाली सेनाको NA 054 नम्बरको हेलिकप्टर आएको थियो ।

त्यस्तै उद्धारका लागि नेपाली सेना , सशस्त्र प्रहरी र नेपाल प्रहरीले ४ वटा डुङ्गा प्रयोग गरेका थिए । उनीहरूलाई विद्यालय र सामुदायिक भवनमा राखिएको छ । झापा गाउँपालिकामा १५ सय घरधुरीभन्दा बढी विस्थापित भएको जनाइएको छ ।

सम्बन्धित समाचार