२०८३ बैशाख २४ गते , विहीबार
कनकाई माई खोलामा पुरुषको शव भेटियो
झापाको कनकाईमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कनकाई नगरपालिका-४ कोटीहोमस्थित कनकाई माई खोलाको बिच भागको डिलमा अन्दाजी ६०/६५ वर्षको पहाडी मूलको जस्तो देखिने तत्काल नाम थर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको हो । उनको शव घोप्टो परेको अवस्थामा फेला थियो । उनको सनाखत हुन बाँकी छ । थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको कमान्डमा खटिएको टोली घटनास्थल पुगेको जनाइएको छ ।