२०८२ कार्तिक २५ गते , मंगलबार

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

sajilo news
इलाम
२०८२ आश्विन १९ गते , आईतबार
इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुग्यो

इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या ३४ पुगेको छ । शनिवार राति गएको पहिरोमा परी इलामका विभिन्न पालिकामा गरी मृतकको सङ्ख्या ३४ पुगेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको ।

सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा ५ जना,  इलाम नगरपालिका ६, घोसमा ६ जना मृत्यु, बालन गाउँमा १ बेपत्ता, सन्दकपुर गाउँपालिकामा ४ जना, २ बेपत्ता, माङ्सेबुङ गाउँपालिकामा ३ जना, देउमाई नगरपालिकामा ८ जना, माइजोगमाई गाउँपालिकामा ७ जना, १ बेपत्ता र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको छ । पहिरोले इलामका दर्जनौँ घरमा क्षति पु¥याएको छ । केहीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

सम्बन्धित समाचार