कोशी र मधेश प्रदेशमा आज पनि भारी वर्षा हुने
नेपालमा बंगालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायूको) प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले बिहान जारी गरेको बुलेटिनमा वायूको प्रभावले आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेश, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ। कोशी प्रदेश र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आज राती पनि कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेशका लगायत देशका पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले छ। विपद् जोखिम न्यूनीकरण गर्न सरकारले आज र भोलि सार्वजनिक बिदा दिएको छ।