२०८३ बैशाख २४ गते , विहीबार
कनकाई नदी खतरा लेभलमा : गौरीगञ्ज र झापा गाउँपालिकाका मानिसहरूलाई सुरक्षित स्थानमा सारियो
कनकाई नदीको जल सतह खतरा लेभलमा पुगेपछि गौरीगञ्ज र झापा गाउँपालिकाका जोखिमपूर्ण ठाउँका मानिसहरूलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।
जोखिममा पर्न सक्ने मानिसहरूलाई सशस्त्र र नेपाल प्रहरीको टोली, स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूको सहयोग र सहकार्यमा सुरक्षित ठाउँमा राखिएका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । उनले कनकाई र बिरिङ नदीमा खतराको तह पार गरेर बाढी आइरहेको जानकारी दिएका छन् ।
कनकाई नदीको जल सतह अघि बिहानसम्म ५.१२ को लेभलमा थियो ।३.८ लाई सचेतना र ४.३ लाई खतरा मानिन्छ । २०७४ सालमा ५.४ पुगेको थियो । बिरिङ खोलाको जल सतह पनि खतराको लेभलमा पुगेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए ।