२०८३ बैशाख २४ गते , विहीबार

पाँचथर जिप दुर्घटना अपडेट : मृतक र घाइतेहरूकाे पहिचान खुल्यो

sajilo news
पाँचथर
२०८२ आश्विन १८ गते , शनिबार
पाँचथर जिप दुर्घटना अपडेट : मृतक र घाइतेहरूकाे पहिचान खुल्यो

तमोर करिडोरअन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका– ३ स्थित कार्तिकेमा भएको बोलेरो दुर्घटनामा परी घाइते हुने र मृत्यु हुनेको पहिचान खुलेको छ । 

तमोर करिडोरअन्तर्गत कुम्मायक– ३ मा शनिबार दिउँसो ताप्लेजुङबाट धरानका लागि छुटेको मे.१ ज.३०५५ नम्बरको बोलेरो दुर्घटना भएको थियो ।१२ जना यात्रु सवार बोलेरो दुर्घटनामा परी ६ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए । 

दुर्घटनामा परी ताप्लेजुङको मेरिङदेन– ५ की २९ वर्षीया युना तामाङ, मेरिङदेन– २ का ३३ वर्षीय विनोद लोवा, मेरिङदेन– ४ की २१ वर्षीया, गीता हाङगाम, मेरिङदेन– ५ का अभिषेक लिम्बू, सोही ठाउँका ३३ वर्षीय धनकुमार चोङवाङ र  मोरङ उर्लाबारी– ८ की  २८ वर्षीया मनीषा कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतकहरूको साथमा फेला परेको कागजात, मोबाइल फोन तथा सोधपुछबाट पहिचान खुलेको प्रहरीले जनाएको छ । 

घाइते हुनेमा ताप्लेजुङ मेरिङदेन गाउँपालिका- ५ का २२ वर्षीय महेश लिम्बू, मिक्लाखोला गाउँपालिका- ४ की २५ वर्षीया मनु सावा लिम्बू, ताप्लेजुङ कालीखोलाका सात वर्षीय अनिश लिम्बू, सुनसरीका ३५ वर्षीय महेश गुरागाईं, ताप्लेजुङ मेरिङदेन गाउँपालिका– ५ का २५ वर्षीय विमल र ताप्लेजुङ मिक्लाखोला गाउँपालिका– ४, सावाका ३० वर्षीय सञ्जोहाङ लिम्बू रहेका छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेमध्ये पाँचजनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घाइते सञ्जोहाङलाई भने जिल्ला अस्पताल पाँचथरमा उपचारपछि झापा पठाइएको प्रहरीले जनाएको छ । 

सम्बन्धित समाचार