२०८३ बैशाख २४ गते , विहीबार

झापामा डुबेर एक जनाको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन १८ गते , शनिबार
झापामा डुबेर एक जनाको मृत्यु

झापामा डुबेर एक जनाको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे झापा बाह्रदशी गाउँपालिका–४ मुन्सी कामत टोलका–६२ वर्षीय मङ्गलसिंह मुर्मु घाग्रा खोलामा तर्ने क्रममा खुट्टा चिप्लिएर डुबेका थिए ।

स्थानीयले देखेर उद्दार गरी मुर्मुलाई घरतर्फ लैजाँदा उनको मृत्यु भइसकेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोलीले शवको कानुनी प्रक्रिया पूरा गरी प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । पोस्टमार्टमपछि मृतकका छोरा श्याम मुर्मुले शव बुझिलगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

सम्बन्धित समाचार