२०८३ बैशाख २४ गते , विहीबार

पाँचथरबाट धरानतर्फ जाँदै गरेको पिकअप भ्यान तमोर नदीमा खस्यो, ६ जनाको उद्धार

sajilo news
ताप्लेजुङ
२०८२ आश्विन १८ गते , शनिबार
पाँचथरबाट धरानतर्फ जाँदै गरेको पिकअप भ्यान तमोर नदीमा खस्यो, ६ जनाको उद्धार

पाँचथरबाट धरानतर्फ जाँदै गरेको पिकअप भ्यान तमोर नदीमा खस्दा दुर्घटना भएको छ । पाँचथरको कुम्मायक गाउँपालिका–५, कात्तिके भन्ने स्थानमा शनिबार दिउँसो पिकअप भ्यान दुर्घटनामा परेको हो।

सुरक्षा स्रोतका अनुसार हालसम्म ६ जनाको उद्धार गरी उपचारका लागि धरान पठाइएको छ। घटनास्थलमा अन्य केही यात्रु अझै हराइरहेको र हताहत भएको आशङ्का गरिएको छ। घटनाको जानकारी पाउनासाथ स्थानीयहरू उद्धारमा जुटेका थिए। तर प्रहरी टोली भने घटनास्थलमा अझै पुग्न सकेका छैनन्।

हाल घटनास्थल दुर्गम स्थानमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीको भनाई छ । कोशी प्रदेश प्रहरीका प्रवक्ता दीपक पोखरेलले घटनास्थलमा प्रहरी र सशस्त्र प्रहरी बलको टोली पठाइएको जानकारी दिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सम्बन्धित समाचार