२०८३ बैशाख २४ गते , विहीबार

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फि सञ्चालन

sajilo news
झापा
२०८२ आश्विन १८ गते , शनिबार
मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फि सञ्चालन

मुग्लिन-नारायणगढ सडक खण्डमा एकतर्फी सञ्चालन भएको छ। रातभर भएको बर्षाका कारण तुईन खोला पुल नजिकै नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फि सञ्चालनमा रहेको सडक डिभिजन भरतपुरले जनाएको छ।

सडक डिभिजनले पानी परिरहेको र पहिरोको जोखिम कायमै रहेकाले सुरक्षा निकायको समन्वयमा मात्रै सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ।

यसैगरी मुग्लिन-नागढुंगा सडक खण्डको जवाङ खोला नजिकै खसेको पहिरो हटाइएको छ। आज बिहान करीब २ बजेतिर धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखेलामा पहिरो खसेको थियो। त्यसलगत्तै राजमार्ग बन्द भएको थियो।

अविरल वर्षासँगै खसेको पहिरो हटाएसँगै आवागमन सुचारू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

सम्बन्धित समाचार