२०८२ फाल्गुन ४ गते , सोमबार

दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम र हिन्दु समुदायबीच झडप, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

sajilo news
झापा
२०८२ आश्विन १७ गते , शुक्रबार
दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम र हिन्दु समुदायबीच झडप, स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी

जनकपुरधाम उपहानगरपालिका- २० रुपैठास्थित दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको छ। 

दुर्गा पूजा समापनपछि शुक्रबार  मूर्ति विसर्जन गर्न जाँदै गर्दा दुई समुदायबीच झडप भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख नरहरि रेग्मीले जानकारी दिए। झडपको क्रममा एक टहरामा आगजनी समेत गरिएको छ।  अवस्था नियन्त्रणबाहिर जाँदा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले शुक्रबार साँझ ६:३० बजेदेखि लागू हुने गरी वडा नं. २० का विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेका हुन्। आदेशअनुसार निषेधाज्ञा अवधि कायम रहने बेला कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, धर्ना, अनशन, आगजनी वा तोडफोड गर्न प्रतिबन्ध लगाइएको छ।

विगत केही बर्षदेखि रुपैठास्थित रहेको केही मुस्लिम समुदायले हिन्दु समुदायको चाडपर्वमा बलपूर्वक अवरोध उत्पन्न गर्ने गरेको आरोप छ। केही दिन अगाडि गणेश मूर्ति विसर्जनको क्रममा समेत मुस्लिम समुदायहरूले पत्थरवाजी गरेपछि झडप भएको थियो। 

आज दुर्गा मूर्ति विसर्जनको क्रममा मुस्लिम पक्षद्धारा छतबाट सिसी, बोतल र पत्थरबाजी गरेपछि दुई पक्षबीच झडप सुरु भएको थियो। झडप सुरु भए लगत्तै उल्लेख्य संख्यामा प्रहरी परिचालन गरिएको छ। 

प्रहरीले स्थिति नियन्त्रणमा लिनको लागि केही राउण्ड आश्रुग्यास समेत प्रहार गरेको हो। त्यहाँ रहेको तेलिया पोखरीमा मूर्ति विसर्जन गर्न लैजाँदै गर्दा झडप भएको थियो। सो पोखरीको डीलमा मुस्लिम समुदायले बलपूर्वक बनाएको टहरामा आगजनी समेत गरिएको हो। 

 

सम्बन्धित समाचार