२०८२ फाल्गुन २८ गते , विहीबार
भद्रपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकाको मृत्यु
भद्रपुरमा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक बालिकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । ९ दिनअघि मोटरसाइकलको ठक्करबाट घाइते भएकी भद्रपुर नगरपालिका- ४ निवासी समीर रायमाझीकी ४ वर्षीया छोरी इन्दु रायमाझीको मृत्यु भएको हो ।
गत असोज ८ गते साँझ ६:५५ बजे भद्रपुर- ४ तारानगरस्थित भित्री सडक खण्डमा भद्रपुरबाट तारानगरतर्फ जाँदै गरेको प्र १–०१–०१६ प ५४६४ नम्बरको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको थियो ।
शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएकी बालिकाको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा आज बिहान ७ः४० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।