२०८३ बैशाख २४ गते , विहीबार

बिपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक ​

sajilo news
झापा
२०८२ आश्विन १६ गते , विहीबार
बिपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक ​

बिपी राजमार्गमा आज (असोज १६ गते) देखि २० गतेसम्म राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। व्यापक वर्षा हुने सम्भावना देखिएपछि अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा राेक लगाइएकाे हाे। 

काभ्रे जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गरी असोज १६ गते बिहीबारदेखि २१ गते मंगलबारसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गको काभ्रे भञ्ज्याङ-भकुण्डेबेसी-सिन्धुली सडकखण्डमा एम्बुलेन्स र अत्यावश्यक सेवाका बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारीसाधन आवागमन निषेध गरिएको जानकारी दिएको हो। 

साथै रोशी खोला र स्थानीय खहरे खोलामा बाढी आएको अवस्थामा अन्य समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले जुनसुकै स्थानमा सवारीसाधनहरू रोक्न सक्ने सूचनामा उल्लेख गरिएको छ। 

 प्रशासनले पहिरोको जोखिममा रहेका तथा नदी किनारका बस्तीहरूमा उच्च सतर्कता अपनाउन सचेत पनि गराएकाे छ। यसैगरी सुरक्षा निकायहरू, स्थानीय तहहरू, स्वयंसेवकलगायत सरोकारवाला सबै निकाय स्वीकृत प्रतिकार्य योजनाअनुरूप तयारी अवस्थामा रहन पनि सूचनामा भनिएकाे छ। 

सम्बन्धित समाचार