२०८२ आश्विन २१ गते , मंगलबार

इण्डोनेसियामा विद्यालय भवन भत्किँदा पाँच जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ आश्विन १६ गते , विहीबार
इण्डोनेसियामा विद्यालय भवन भत्किँदा पाँच जनाको मृत्यु

इण्डोनेसियाको पूर्वी जाभा प्रान्तमा विद्यालय भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ। ८४ जना अझै पनि भग्नावशेषमुनि फसेका बताइएको छ।

भवनको भग्नावशेष अस्थिर रहेको बताइएको छ। जसले उद्धारकर्ता र बाँचेका दुवैलाई गम्भीर जोखिम निम्त्याएको छ। अधिकारीहरूले अपरेशनमा भारी उपकरणहरू प्रयोग गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गरिरहेका छन्।

सोमवार सिदोआरजो जिल्लाको अल खोजिनी इस्लामिक बोर्डिङ स्कूलमा यो घटना भएको थियो। कार्यालयकाअनुसार दिउँसोको प्रार्थनाको समयमा अनधिकृत नवीकरण अन्तर्गत रहेको भवन अचानक भत्किएको हो। भत्किनुको कारण अनुसन्धान भइरहेको छ।  

सम्बन्धित समाचार