२०८३ बैशाख २४ गते , विहीबार

मलेसियाले नेपाललाई ३ रनले हरायो

sajilo news
झापा
२०८२ आश्विन १६ गते , विहीबार
मलेसियाले नेपाललाई ३ रनले हरायो

नेपाल अन्तर्राष्ट्रिय महिला टी–२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ।  मलेसियाको बायुमास ओभलमा आज सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाउन सक्यो।

नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन जोडिन्। कविता जोशीले १३ रन बनाइन। मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिइन।

 त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो। उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाइन। 

नेपालका लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिए। नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ। सोही प्रतियोगिताको तयारीका स्वरूप नेपालले जारी प्रतियोगिता खेलेको हो। 

सम्बन्धित समाचार