झापाको बुट्टाबारीमा बस दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते
झापा । पूर्व-पश्चिम राजमार्ग अन्तरगत झापाको बुट्टाबारीमा यात्रु बाहक बस पल्टिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी नगरपालिका- ११ निवासी ४६ वर्षीय दिनेश कुमार भट्टराई र बसका सहचालक मोरङ रंगेली नगरपालिका- २ निवासी ४२ वर्षीय राज कुमार चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस आज बिहान साढे ९ बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा अनियन्त्रित भई सडकबाट ५ मिटर तल्तिर पल्टिदा दुर्घटना भएको थियो । दुर्घटनामा परी एक जनाको घटनास्थलमै र एक जनालाई अस्पताल लाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिए । दुर्घटनामा परी दर्जन बढी घाइतेहरुलाई प्रहरी र स्थानीयले उद्धार गरी अस्पताल पुर्याएका थिए । बस चालक फरार रहेको जनाइएको छ ।
घाइतेहरु;-
१) जि.सुनसरी इटहरी न.पा-११ बस्ने बर्ष- ३८ को गुलसन राज शर्मा (हात खुट्टामा चोट सामान्य)
२) ऐऐ बस्ने निजकै श्रीमती बर्ष-३६ की अंकिता शर्मा (हात खुट्टामा चोट सामान्य)
३) ऐऐ बस्ने निजकै छोरी बर्ष-६ की मनसुइ शर्मा (टाउको चोट अवस्था मध्यम)
४) ऐऐ बस्ने बर्ष-३७ की बिनु शर्मा (टाउकोमा चोट अवस्था मध्यम)
५) बिराटनगर महा नगरपालिका वडा नं-२ बस्ने बर्ष-४२ को सोम कुमार भुजेल -सहचालक (हात खुट्टामा चोट सामान्य)
६) जि.पाचथर कुमायक गा.पा-६ बस्ने बर्ष-२८ की गंगा लिम्बु (हात खुट्टा अनुहारमा चोट सामान्य)
७) जि.झापा कमल गा.पा-७ बस्ने सुभाष लावती बर्ष-८ को लोजिहाङ लावती (टाउको चोट अवस्था मध्यम)
८) ऐऐ बस्ने बर्ष-२३ की सुहाना लिम्बु (हात खुट्टामा चोट सामान्य)
९) ऐऐ बस्ने निजकै भतिजो बर्ष-५ को मेङ्सो लिम्बु (हात खुट्टामा चोट सामान्य)
१०) जिल्ला मोरङ बिराटनगर मनपा -१ बस्ने बर्ष १७ कि अनुषा भट्टराई -सामान्य
११) ऐ.ऐ. बस्ने बर्ष -३६ कि मन्जु खतिवडा -(हात खुट्टा अनुहारमा चोट सामान्य)
१२)जिल्ला झापा दमक नपा -१ बस्ने बर्ष -६० कि राधिका खतिवडा (हात खुट्टा अनुहारमा चोट सामान्य)
१३)जिल्ला ताप्लेजुङ फाक्ताललुङ गापा-१ बस्ने राकेश ललिम्बु -(हात खुट्टा अनुहारमा चोट सामान्य)