२०८३ बैशाख २४ गते , विहीबार

नाइजेरियामा डुङ्गा दुर्घटना, कम्तिमा २६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ आश्विन १६ गते , विहीबार
नाइजेरियामा डुङ्गा दुर्घटना, कम्तिमा २६ जनाको मृत्यु

दक्षिणी नाइजेरियाको नाइजर नदीमा भएको डुङ्गा दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको कोगी राज्यका अधिकारीहरूले बुधबार बताएका छन्।

डुङ्गाले व्यापारीहरूलाई नदीको किनारको अर्को छेउ अवस्थित इडो राज्यको इलुसीको बजारमा लैजाने क्रममा दुर्घटना भएको  सूचनाका लागि कोगी राज्य आयुक्त किंग्सले फेमी फानवोले सामाजिक सञ्जाल एक्समा विज्ञप्ति पोष्ट गदै जनाएका छन्। 

अनपेक्षित घटनाले अनायसै २६ जना यात्रुहरूको ज्यान लिएको रिपोर्ट गरिएको उनले जनाएका छन्। नाइजेरियाको व्यस्त नदीहरूमा अत्यधिक भार बोकेका डुङ्गाहरू, उचित मर्मत सम्भार अभाव र  सुरक्षा नियमहरू पालनानगर्नाले दुर्घटनामा पर्ने गरेको जनाइएको छ। 

गत महिना मात्र नाइजर राज्यमा एण्टा डुङ्गा रूखको स्टम्पमा ठोक्किएर दुर्घटना हुदाँ कम्तीमा ३२ जनाको ज्यान गएको बताइएको छ। अगस्टको अन्त्यमा, उत्तरपश्चिमी राज्य सोकोटोमा करिब ५० जना यात्रु बोकेको डुङ्गा पल्टिएर दुर्घटना ग्रस्त हुदाँ तीन जनाको मृत्यु हुनुका साथै २५ जना बेपत्ता भएको जनाइएको छ। 

सम्बन्धित समाचार