२०८३ बैशाख २४ गते , विहीबार

असोज १८ गतेदेखि २० गतेसम्म भारी बर्षा हुन्छ, उच्च सतर्कता अपनाउनू : मौसम विभाग

sajilo news
झापा
२०८२ आश्विन १६ गते , विहीबार
असोज १८ गतेदेखि २० गतेसम्म भारी बर्षा हुन्छ, उच्च सतर्कता अपनाउनू : मौसम विभाग

जल तथा मौसम विज्ञान विभागले १७  जिल्लामा असोज १८ गतेदेखि २० गतेसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ । बुधबार बेलुका विभागको मौसम पूर्वानुमान शाखाले विज्ञप्ति जारी गर्दै विभागले बागमती प्रदेशका काठमाडौँ उपत्यका (ललितपुर, भक्तपुर, काठमाडौं), काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ जिल्ला, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहेको हुँदा विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो ।

बंगालको खाडीमा विकसित भएको न्यून चापीय मौसमी प्रणाली भारतको ओडिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापीय प्रणालीको कारणले नेपालमा जलवाष्प युक्त मनसुनी वायु प्रवेश गरेर आगामी असोज १७ गते बाट असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बुलेटिनमा उल्लेख छ।

विभागका अनुसार नारायणी, बागमती, कमला र कोशी नदी र यी नदीका सहायक नदीहरुमा बहाब उल्लेख्य बढ्ने र खतरा तह आसपास पुग्न सक्ने देखिएको साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरुमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ

सम्बन्धित समाचार