२०८३ बैशाख २४ गते , विहीबार

झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

sajilo news
झापा
२०८२ आश्विन १५ गते , बुधबार
झापामा चट्याङ लागेर एक महिलाको मृत्यु

झापा । चट्याङ लागेर झापामा एक महिलाको मृत्यु भएको छ । आज बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ लागेर बिर्तामोड नगरपालिका-३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको मृत्यु भएको प्रहरीले जनाएको छ । बाख्रा लिन जाँदै गर्दा चट्याङले लागेर घाइते भएका उनलाई बिर्तासिटी अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनका श्रीमान्, एक छोरा र एक छोरी रहेका छन् ।

सम्बन्धित समाचार