२०८२ आश्विन २१ गते , मंगलबार

फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तिमा २६ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८२ आश्विन १५ गते , बुधबार
फिलिपिन्समा ६.९ म्याग्निच्युडको भूकम्प, कम्तिमा २६ जनाको मृत्यु

फिलिपिन्समा ६ दशलमव ९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ।  फिलिपिन्सको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले बुधबार दिएको जानकारीअनुसार फिलिपिन्सको केन्द्रीय क्षेत्रमा राति करिब १० बजे भूकम्प गएको हो।

भूकम्पको केन्द्र बोगो सिटीबाट करिब १९ किलोमिटर उत्तर–पूर्व, ५ किलोमिटर गहिराइमा रहेको जनाएको छ। भूकम्प शक्तिशाली भएकाले संरचनाहरूमा क्षति पुर्‍याएको स्थानीय मिडियाहरूले दाबी गरेका छन्। 

भूकम्पका कारण विद्युत आपूर्ति बन्द भएको र भवनहरूमा क्षति पुगेको थियो। सेबु प्रान्तीय सरकारले बान्टायनमा एउटा व्यावसायिक भवन र एउटा विद्यालय भत्किएको र धेरै गाउँका सडकहरूमा पनि क्षति पुगेको जानकारी दिएको छ।

बीबीसीका अनुसार सान रेमिजियो नगरपालिकाले विपत्तिको राज्य घोषणा गरेको छ।  भूकम्पपछि बिरामीहरूलाई भवन बाहिर उपचार गरिँदैछ।  

सेबुकी गभर्नर पामेला बारिकुआत्रोले बोगो र प्रान्तको उत्तरी भागमा रहेका बाहिरी शहरहरूमा भएको क्षति र घाइतेको हद दिउँसोसम्म थाहा नहुने बताइन्। 

सम्बन्धित समाचार