२०८३ बैशाख २४ गते , विहीबार
कनकाई नदीमा डुबेर एकजनाको मृत्यु
कनकाई नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । हिजो शिवसताक्षी नगरपालिका-५ स्थित कनकाई माई खोलाको बिच भागमा नाम थर वतन नखुलेको अन्दाजी वर्ष ५५/६० का पुरुष मानिस पानीमा घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् । स्थानीयहरूको सहयोगमा शव घटनास्थलबाट सय मिटर पूर्वतर्फ निकालिएको थियो ।
उक्त बेवारिसे शव प्रादेशिक अस्पताल भद्रपुरमा राख्ने ठाउँ नभएको कारणले मदन भण्डारी ट्रमा अस्पताल मङ्गलवारे मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।