२०८३ बैशाख २४ गते , विहीबार

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरी घाइते

sajilo news
झापा
२०८२ आश्विन १५ गते , बुधबार
मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरी घाइते

मेचीनगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई प्रहरी घाइते भएका छन् । हिजो दिउँसो ४ः४० बजे मेचीनगर –४ प्रसाद गौडास्थित भित्री सडक खण्डमा तिरिङ खोलाबाट बाहुनडाँगीतर्फ आउँदै गरेको प्र.१–०१–०१७ प ८५१३ नं. मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार प्रहरीहरू घाइते भएका हुन् ।

मोटरसाइकल चालक सुनसरी वराहक्षेत्र २ घर भई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत वर्ष ३९ का प्रहरी हवल्दार डिकबहादुर थापा र सोही मोटरसाइकलमा पछाडि सवार पाँचथर फिदिम –२ घर र इप्रका गौरादह दरबन्दी भई इप्रका काँकडभिट्टामा कार्यरत वर्ष २७ का प्रहरी जवान अर्जुन राईलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको छ । दुवै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार