२०८३ बैशाख २४ गते , विहीबार
झापाको गौरादहमा आगलागी
झापाको गौरादहमा घरमा आगलागी भएको छ । गएराति ८ः३० बजेतिर कार्कीको गौरादह- ३ स्थित ३ तले घरको दोस्रो तलामा भाडामा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको हो । एसीबाट अचानक करेन्ट सर्ट भई आगलागी भएको थियो ।
उक्त आगो नेपाल प्रहरी, गौरादहको नगरपालिका र कमल गाउँपालिकाको दमकल, स्थानीयवासीको सहयोगमा राति १०ः३० बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट बैंकको स्टोर रुम पूर्णरुपमा जलेर क्षतिग्रस्त भएको जनाइएको छ ।
प्रहरीको गलत रिपोर्टका कारण अघि भनिएको घर मुख्यमन्त्री हिक्मत कार्कीको नभई छिमेकीको घर भएको खुलेकोले सच्चाइएको छ । सम्पादक